उपत्यका सहित देशभर एकैदिन ८३ संक्रमित थपिए

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ४ : ३७


काठमाडौं। नेपालमा आज (मंगलबार) एकैदिन अहिलेसम्मकै ठुलो संख्यामा कोरोना संक्रमित फेला परेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप २६ जनामा कोरोना संक्रमण पुस्टि गरेको छ।

राष्ट्रिय प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा पर्सा, महोत्तरी, धनुषा भक्तपुर र काठमाण्डौका व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो।

पछिल्लो विवरण अनुसार पर्सामा १८, महोत्तरीमा २, धनुषामा २, काठमाडौँमा १, भक्तपुरमा २ र सर्लाहीमा १ संक्रमित गरि कुल २६ जनामा कोरोना पोजेटिभ पाइएको छ।

पर्साका २२ वर्षदेखि ६० वर्षसम्मका महिला, १६ वर्षदेखि ६१ वर्षसम्मका पुरुष, धनुषाका २० वर्षीया महिला र ४० वर्षीय पुरुष, महोत्तरीका १६ र ३५ वर्षका दुई पुरुष र सर्लाहीका ४५ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको हो।

त्यस्तै काठमाडौँका ३३ वर्षीया महिला, भक्तपुरकी २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा पनि कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। यो सँगै नेपालमा संक्रमित संख्या २१७ पुगेको छ।

आज मात्रै ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यसअघि आजै दिउसो ५७ जनामा कोरोना पुस्टि भएको थियो।


प्रतिक्रिया दिनुहोस्