काठमाडौं । भारतले कोरोना भाइरस संक्रमणसँग जुध्न २० लाख करोडको राहत प्याकेज घोषणा गरेका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै २० लाख करोडको विशेष आर्थिक प्याकेजको घोषणा गरेका हुन।
लकडाउनको ५४ औँ दिनमा प्रधानमन्त्री मोदीले आर्थिक प्याकेज घोषणा गर्दै यसले देशको आर्थिक गतिविधिलाई रफ्तार दिने आशा व्यक्त गरेका छन्।
प्रधानमन्त्री मोदीले 'आत्मनिर्भर भारत अभियान' नाम दिइएको यो आर्थिक प्याकेज भारतको जीडीपीको १० प्रतिशत रहेको बताएका छन्।