काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले लकडाउनमा कडाई गरेको छ। गृह मन्त्रालयले लकडाउनमा कडाई गर्दै एक जिल्लाबाट अर्को जिल्ला जाने नदिने घोषणा गरेको छ।
मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाने सबै पास रद्द गराएको छ। गृह मन्त्रालयले मंगलबार दिउँसो गरेको निर्णय यस निर्णय बिहीबारदेखि लागू हुनेछ।
मन्त्रालयका अनुसार उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पनि पासलाई अनिवार्य गरिएको छ।
सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ।