भारतीय अतिक्रमणको बिरोधः महामन्त्री मोहनविक्रमका छोरासहित राजमोका दर्जनौं नेता कार्यकर्ता गिरफ्तार

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ११ : ५६


काठमाडौं । भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण गरेको बिरोधमा प्रदर्शनमा उत्रिएका राजमोका दर्जनौं नेता कार्यकर्ता पक्राऊ परेका छन्।

भारतीय अतिक्रमणको विरोध गर्ने क्रममा मंगलबार राजधानीका विभिन्न ठाउँमा आयोजित विरोध सभाका क्रममा राजमोका केन्द्रीय नेता तथा कार्यकर्ताहरु पक्राउ परेका हुन्।

पक्राऊ पर्नेमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय तहका नेताहरुका साथै नेकपा मसालका महामन्त्री मोहनविक्रमका छोरासमेत रहेका छन्।

काठमाडौं रत्नपार्क शान्तिबाटिका अगाडिबाट  प्रहरीले रामबहादुर बुढा, मनु बिक, बिकास भुषाल, नारायण आचार्य, बिमल पोख्रेल, मधु जिसी, धर्म सिम्हाली, हेमराज भुषाल, बिष्णु ओली, लक्ष्मणदेब पाण्डे, निमबहादुर बुढा, हिमलाल पुरी र रामप्रकाश पुरीलगायतका राजमोका नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ। बिरोध प्रदर्शन पश्चात् शान्तिबाटिका अगाडि कोणसभा संचालन गर्न लागेकै बेला उनीहरुलाई गिरफ्तार गरी महेन्द्र पुलिस क्लबमा राखिएको छ। उनीहरुसँग पत्रकारलाई पनि भेट्न दिइएको छैन।

त्यस्तै, महेन्द्र पुलिस क्लबमा काठमाडौंका विभिन्न स्थानमा भारतीय अतिक्रमणका बिरुद्ध प्रदर्शनमा उत्रिएका मानव अधिकारवादी नेता कृष्ण  पहाडी, साझा पार्टीकी नेतृ  रन्जु दर्शना र सत्तारुढ नेकपाका पुण्य गौतम लगायतका ६५ जनालाई थुनिएको छ। गिरफ्तार सबैलार्इ साँझसम्म छोड्ने प्रहरीले जनाएको छ।

वनस्थलीबाट मजदूर संगठनका अध्यक्ष गिरप्तार

काठमाडौंको बनस्थली चोकबाट प्रहरीले ट्रेड युनियन अन्टुकका केन्द्रीय अध्यक्ष तथा राजमोका नेता नारायण सापकोटालगायतका नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ। नेता सापकोटाले दिउँसो २ बजे  बिरोधसभा संचालन गरिरहेकै अवस्थामा बनस्थलीमा प्रहरिले गिरफ्तार गरेको थियो। 

गिरफ्तार हुने अन्य राजमोका नेता कार्यकर्ताहरुमा लालबहादुर थापा, लक्ष्मी केसी, ऋतु केसी, मिना पुन, मन्जु शर्मा, हिरा केसी, रमेश पौडेल, तुफान केसी, गायत्री पौडेल, जीवन सेन र बिमला थापा रहेका छ्न्। गिरफ्तार सबैलाई बालाजु प्रहरी कार्यालयमा राखिएको छ।

यस्तै  प्रहरीले राजमोका युवा नेता कृष्ण अधिकारीसहितको टोलीलाई कलङ्की चोकबाट गिरफ्तार गरेको छ। कलङ्कीमा राजमोका नेता कार्यकर्ताहरु  झबिन्द्र बेलबासे, अमरबहादुर क्षेत्री र गुरुदत्त पौडेल गिरप्तारीमा परेका हुन्। कलङ्कीबाट पक्राउ परेका चारै जनालाई कालिमाटी प्रहरी बृतमा राखिएको छ।

यस्तै सुकेधारा चोकमा बिरोध प्रदर्शन र सभाको लागि निस्कदै गरेको अवस्थामा राजमो केन्द्रीय कार्यालय अगाडिबाट प्रहरीले नेकपा मसालका महामन्त्री मोहनविक्रमका छोरा समीर सिंहसहितका वरिष्ठ नेताहरुलाई गिरप्तार गरेको छ।

त्यहाँ पक्राउ पर्नेहरुमा भैरवराज रेग्मी, आनन्द शर्मा, समीर सिंह, मधु क्षेत्री, बिष्णु शर्मा, बाशु पोख्रेल र मदन पाण्डे रहेका छ्न्। उनीहरुलाई कपन प्रहरी चौकीमा राखिएको छ।

अन्य स्थानमा प्रहरीले पक्राउ गरे पनि गङ्गबु बिजी मल अगाडि भने राजमोका नेता कार्यकर्ताहरुले बिरोध प्रदर्शन गर्दै कोणसभा गर्न सफल भएका थिए। त्यहाँको सभामा राजमोका नेता कार्यकर्ताहरु आरबी फुँयाल, घनश्याम  न्यौपाने, बिनोद फुँयाल, मन्जु आचार्य, भक्त बिक, जगतप्रसाद रेग्मीलगायत सहभागी रहेका थिए।


प्रतिक्रिया दिनुहोस्