कपिलवस्तुमा स्टार्फ नर्स पनि कोरोना संक्रमित

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ११ : ०६


कपिलवस्तु । कपिलवस्तुमा कोरोना संक्रमितमध्ये एकजना स्वास्थ्यकर्मी भएको बताइएकाे छ । कपिलवस्तुमा आज भेटिएका ८ कोरोना संक्रमितमध्ये एकजना स्वास्थ्यकर्मी भएको बताइएकाे हो ।

स्वास्थ्य मन्त्रालयको कोरोना रिपोर्टमा कपिलवस्तुकी एक २५ वर्षीया युवती कोरोना संक्रमित भनिएको छ । ती कोरोना संक्रमित युवती कपिलवस्तु अस्पताल तौलिहवाकी स्टार्फ नर्स भएको बताइन्छ ।


प्रतिक्रिया दिनुहोस्