भारतीय अतिक्रमणको विरोध गर्दा मसालका १३ नेता कार्यकर्ता गिरफ्तार

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ९ : ४५


काठमाडौं । भारतले सीमा अतिक्रमण गरी लिम्पियाधुरासम्म सडक निर्माण गरेको विरोधमा काठमाडौंमा प्रदर्शन गरिरहेका राष्ट्रिय जनमोर्चाका १३ जना नेता÷कार्यकर्ताहरु गिरफ्तार भएका छन् ।

गिरफ्तार हुनेहरुमा नेपाल कम्युनिष्ट पार्टी (मसाल)का प्रवक्ता रामप्रकाश पुरी समेत हुनुहुन्छ । त्यसैगरी राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरी, विद्यार्थी नेता विमल पोख्रेल, जनजाति नेता निमबहादुर बुढामगर, रामबहादुर बुढामगर, लक्ष्मणदेव पाण्डे, नारायण आचार्य, मनु बिक, धर्म सिमाली, विकास भुसाल, विष्णु ओली, मधु जीसीलगायतका १३ जना गिरफ्तार हुनुभएको छ ।
 


प्रतिक्रिया दिनुहोस्