विवेकशीलकी नेतृ रञ्जु दर्शना पक्राउ

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ९ : २७


काठमाडौँ । विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शना पक्राउ पर्नुभएको छ । भारतले नेपालको भूमि अतिक्रमण गरेका विरोधमा मंगलबार दिउँसो राजधानी काठमाडौँमा प्रदर्शन गर्ने क्रममा पक्राउ पर्नुभएको हो । 

नेतृ रञ्जु दर्शनासहित अन्य दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । देशमा लागू गरिएको लकडाउनका बीचमा पनि काठमाडौँमा भारतको कदमको विरोधमा दैनिकरुपमा प्रदर्शन भइरहेका छन् । यसअघि आज कलंकीबाट अधिवक्ता सुरेन्द्र भण्डारी पनि पक्राउ परेका थिए ।
 


प्रतिक्रिया दिनुहोस्