नेपाली चेली कन्चन अमात्यलाई लन्डनमा शाही सम्मान

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  २ : ३३


अमेरिका । अमेरिकामा बस्दै आएकी नेपाली चेली कन्चन अमात्यलाई शाही सम्मानका साथ मानवता सेवा पुरस्कार प्रदान गरिएको छ। 

मानवता र सामाजिक कार्यमा गरेको कामको मूल्यांकन गर्दै बेलायती शाही परिवारले उनलाई उक्त सम्मान प्रदान गरेको हो। 

सम्भवत उनी यो सम्मान पाउने पहिलो युवा नेपाली हुन्। ललितपुरको जावलाखेल घर गएकी उनी गत वर्ष २०१९ मा अमात्य डायना अवार्ड रोल अफ अनरबाट सम्मानित भएकी थिइन्। 

उक्त पुरस्कार अमात्यसहित अन्य १९ वटा देशका व्यक्तिहरुलाई पनि दिइएको छ। जसमा बेलायत, क्यानडा, मलेसिया, नाइजेरिया, तान्जानिया र भारत छन्।

उक्त पुरस्कार ड्युक अफ क्याम्ब्रिज प्रिन्स विलियम र डायनाका भाइ लर्ड एर्ल स्पेन्सरले वितरण गरेका थिए। कन्चनले अन्तर्राष्ट्रिय आमा दिवसको अवसरमा पाएको उक्त पुरस्कार आमालाई समर्पण गरेकी थिइन्। 

उक्त पुरस्कार कन्चन अमात्यकी आमा कृष्ण अमात्यले ग्रहण गरेकी हुन्। पुरस्कार ग्रहण गरेपछि आमा कृष्ण अमात्यले एक आमाको रूपमा एउटा बच्चा (कन्चन) पाएकोमा अत्यन्त गर्व गरेको बताएकी थिइन्। 

उनी २०१८ मा फोर्ब्सको 'फोर्ब्स ३० अन्डर ३०' एसिया नामक सूचीमा छनौट भएकी थिइन्।


प्रतिक्रिया दिनुहोस्