काठमाडौँ । छिमेकी देश भारतमा पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) संक्रमण तिब्र रुपमा फैलिएको छ। पछिल्लो २४ घण्टामा भारतमा ८२ जनाको मृत्यु भएको छ भने ३ हजार ६ सय ७ जना नयाँ संक्रमित थपिएका छन्।
यो सँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार २ सय ९४ पुगेको छ भने ७० हजार ७ सय ६८ जना संक्रमित बनेको छन्। जसमध्ये २२ हजार ५ सय ४९ जनाको उपचार सफल भएको छ भने ४५ हजार ९ सय २५ जना संक्रमितको उपचार भइरहेको छ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण भारतसहित २१२ देशमा फैलिएको छ। संक्रमणबाट विश्वभर अहिलेसम्म २ लाख ८७ हजार २ सय ५७ जनाको मृत्यु भएको छ भने ४२ लाख ५४ हजार १९३ जना संक्रमित बनेका छन्।