शव विदेशमै अन्त्यष्टिका लागि अनुमति दिने परिवारलाई ५० हजार राहत दिइने

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ३ : ५३


काठमाडौं । वैदैशिक रोजगार बोर्डको सचिवालयले विदेशमा मृत्यु भएका कामदारको परिवारसँग विदेशमै शवको अन्त्यष्टि गर्ने अनुमति दिन आग्रह गरेको छ।

एक विज्ञप्ति जारी गर्दै सचिवालयले विदेशमै अन्त्यष्टिका लागि अनुमति दिन आग्रह गरेको हो।

लकडाउनको बीचमा विदेशमा मृत्यु भएकाहरुको शव ल्याउन सरकारले चासो नदिएको भन्दै आलोचना भइरहेका बेला सरकारकाले यस्तो आग्रह गरेको हो।

विदेशमे शव अन्त्यष्टिका लागि अनुमति दिए सम्बन्धित परिवारलाई सान्तवनारराहत स्वरुप ५० हजार रुपैयाँ दिने सकिने गरेको छ।


प्रतिक्रिया दिनुहोस्