काठमाडौँ । नियमित बजार अनुगमनका क्रममा आज दुई पसललाई कारवाही स्वरुप जरिवाना गरिएको छ।
बढी मूल्यमा खाद्यपदार्थ बिक्री गरेको भन्दै हात्तीगौँडास्थित बिगमार्टलाई रु तीन लाख र म्याद नाघेका सामान बिक्री गरेको भन्दै बुद्धनगरस्थित हाम्रो किनमेल सपलाई रु दुई लाख जरिवाना गरिएको सूचना अधिकारी आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिगमार्टले एक किलो मासको दालमा रु २७१ लिएको भन्दै उपभोक्ताको गुनासोका आधारमा अनुगमन गरी उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरिएको विभागले जनाएको छ ।