भारतबाट लुकिछिपी नेपाल आएका ७५ जना क्वारेण्टाइनमा

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  १ : ३७


भारतको वनवासा क्षेत्रबाट सीमा नाकामा लुकिछिपि प्रवेश गरेका ७५ जना नेपालीलाई भीमदत्त नगरपालिकाको बैजनाथ माध्यमिक विद्यालयको क्वारेण्टाइनमा राखिएको छ। 

गएराती सीमा क्षेत्रमा लुकिछिपि आएका सबैलाई नियन्त्रणमा लिई क्वारेण्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक रविन्द्रनाथ पौडेलले बताउनु भयो। 

लुकिछिपि आउनेमा चार महिला समेत रहेका छन। उनीहरु भारतीय क्वारेण्टाइनमा बस्दै आएको व्यक्ति भएको बताइएको छ। 


प्रतिक्रिया दिनुहोस्