नेपालमा एकैदिन २४ जनामा कोरोना पुष्टि, संख्या १३४ पुग्यो

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  १ : ४०


काठमाडौं । नेपालमा सोमबार एकैदिन २४ जना कोरोनाका सक्रमित थपिएका छन्।

पछिल्लो विवरण अनुसार कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ जना र बर्दियामा १ जना गरी थप १३ जनामा कोरोना पुष्टि भएको छ।

यीसँगै सोमबार एकैदिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार यी सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ।

नेपालमा एकै दिन २४ जना थपिएको आज पहिलो पटक हो। संक्रमितको संख्या बढ्दै गएपछि नेपालमा जोखिम उच्च तहमा पुगेको छ।

यस अघि आज बिहान कविलवस्तुमा १० र सप्तरीमा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो। भारतसँगको खुला सिमाका कारण नेपालमा जोखिम बढ्दै गएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सम्भावित जोखिमबाट बचाउनका लागि परीक्षणलाई तीव्रता दिएको जनाएको छ। तर, विज्ञहरुले नेपालमा भइहेको परिक्षणको संख्या ज्याँदै न्युन रहेको जनाएका छन्।

विज्ञहरुले कोरोना भाइरस रहे /नरहेको कुरा केवल परिक्षणले मात्रै थाहा हुने भन्दै धेरै भन्दा धेरै परिक्षण गर्न आग्रह गर्दै आएका छन्। सरकारले यसतर्फ ध्यान नदिएको भन्दै आलोचना हुँदै आएको छ।

सरकारले गर्दै आएको आरडिटी परिक्षण माथि समेत प्रश्न उठ्दै आएको छ। उक्त विधिबाट आउँने रिपोर्ट विश्वसनीय नहुने र पिसिआरबाट मात्रै परिक्षण गर्न विज्ञहरुले सरकारको ध्यानाकर्षण गर्दै आएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशको कुल जनसंख्या मध्ये १७ हजार ८०९ मा पिसिआर परीक्षण र ५८ हजार ५४६ व्यक्तिमा आरडिटी परिक्षण भएको छ। हाल १२ हजार ७०१ क्वारेन्टाइनमा रहेका छन्। आइसोलेशनमा १५३ रहेका छन्।

कोरोना भाइरस सङ्क्रमितमध्ये ३३ जना ठीक घर फर्किएका छन्। हालसम्म रेडजोनमा ३४२ रहेका छन्।

यो पनि पढ्नुहोस

भारतबाट लुकिछिपी नेपाल आएका आएका थिए कपिलवस्तुका १० संक्रमित
थप एक जनामा कोरोना संक्रमण पुस्टि
 


प्रतिक्रिया दिनुहोस्