प्रधानमन्त्री ओलीद्वारा भारतीय पूर्वप्रधानमन्त्री सिंहको स्वास्थ्य लाभको कामना

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ११ : ५६


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको स्वास्थ्य लाभको कामना गरेका छन्।

सामाजिक सञ्जाल ट्विटर मार्फत प्रधानमन्त्री ओलीले अस्पताल भर्ना भएको खबर पाएको भन्दै सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

प्रधानमन्त्री ओलीले भारतीय पूर्व प्रधानमन्त्री सिंहको फ्यान एकाउन्ट (फेक) मा स्वास्थ्य लाभको कामना हुन।
 

भारतका पूर्व प्रधानमन्त्री सिंह छाति दुख्ने समस्यापछि आइतबार राति  नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस् ऐम्समा भर्ना गरिएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार पूर्वप्रधानमन्त्री सिंहलाई ऐम्स अस्पतालको मुटुरोगसम्बन्धी समस्या देखिएकोले उक्त अस्पतालको मुटु रोग विभागमा राखेर उपचार सुरु गरिएको छ।

 ८७ वर्षीय पूर्वप्रधानमन्त्री सिंह सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री पदमा आसिन थिए।


प्रतिक्रिया दिनुहोस्