नक्सा जारी गर्न सरकारलाई केले रोक्यो? जनतालाई जवाफ चाहियो : नेता रावल

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  १० : ३३


काठमाडौं । नेकपाका नेता भीम रावलले भारतले नेपालको भूमि आफ्नोमा पारेर  नक्सा प्रकाशित गर्दा समेत सरकारले कुटनीतिक नोट लेख्ने काम बाहेक अरु केही गर्न नसकेको बताएका छन्।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता रवाले भारतले सुघौली सन्धी मिचेर नक्सा बनाउन सक्ने तर हामीले आफ्नो भूमि भएको नक्सा प्रकाशित गर्न नसक्नुको जवाफ सरकारले दिनुपर्ने उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो ‘भारतले आफ्नो भूमि नभएको नक्सा प्रकाशित गर्यो। सुघौली सन्धी भनौं या दुई देश बीचका सहमति कुनैपनि पक्षसँग नमिल्ने गरी उसले नक्सा प्रकाशित गर्यो। उसले नभएको जग्गा आफ्नोमा प्रकाशित गर्ने। हामीले यतिपटक भन्यौं नेपालको नक्सा प्रकाशित गर्न भनेर कि त नेपाली जनतालाई भन्नुपर्यो हामीसँग नक्सा लेख्ने प्राविधिक छैनन्। यदि प्राविधिक समस्या हो भने नक्सा बनाउने मान्छे छैनन् या हाम्रो अध्ययन सकिएको छैन्। भारतले तुरुन्तै ल्याउने हामीले आफ्नो देशको सावभौंम सत्ता त्यहाँ गएर हाम्रा विज्ञहरुलाई खटाउने कर्मचारीलाई खटाउने अध्ययन गर्न लगाउने काम त परै जाओस नक्सा पनि प्रकाशित नगर्दा देशभक्त नेपालीहरुको चित्त दुख्छ भन्ने कुरामा हामी सबैले हेक्का राख्नु पर्छ कि पर्दैन।’ 

कुटनीतिक रुपमा काम गर्दै गर्दा पनि स्थलगत रुपमा समेत अध्ययन गर्न सकिने भन्दै त्यस क्षेत्रमा आफ्ना संयन्त्रहरु खटाएर काम गर्न उहाँले माग गर्नुभयो।

उहाँले भारतसँग अन्तर्राष्ट्रिय कानून अनुसार सीमा नियमन गर्ने बेला आएको समेत बताउनुभयो।

उहाँले भन्नुभयो ‘अब भारतसँग अन्तर्राष्ट्रिय कानून अनुसार सीमा नियमन गर्ने बेला आयो, यसरी मिच्दै जाने सीमानामा बाँध बनाउँदै जाने, हामी एउटा बक्तव्य दिने एकचोटी हल्ला हुन्छ कोही कोही मान्छे भन्छन यो हल्ला गर्ने र एकचोटी शान्त हुन्छ, इतिहासमा त्यस्ता् भएको पनि छ मान्छेले त्यतिकै भनेका छैनन्। अव त्यो स्थितिको हामीले अन्त्य गर्नुपर्छ।’


प्रतिक्रिया दिनुहोस्