बलिउड अभिनेत्री पुनम पाण्डे पक्राउ

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ८ : ४६


मुम्बई । नग्न तस्विर र विवादित बयानका कारण चर्चामा आइरहने बलिउड अभिनेत्री तथा मोडल पुनम पाण्डेय फेरि पक्राउ परेकी छन्।

उनलाई मुम्बइएको मरीन ड्राइवमा एक पुरुषसँग बीएमडब्ल्यूु कारमा रहेका बेला पक्राउ गरिएको हो।

दुबै जनालाई लकडाउनको नियम उल्लंघन गरेका कारण पक्राउ गरिएको र उनीहरु विरुद्ध मुद्धा दायर गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन।

पाण्डे ४६ बर्षीय पुरुष साथीसँग कारमा रहेका बेला प्रकाउ परेकी हुन। 

बिना कारण लकडाउनमा घरबाट बाहिर निस्केको र लकडाउनको नियम पालना नगरेको उनीमाथि आरोप छ।

भारतले कोरोना भाइरस रोकथामका लागि देशभर मे १७ सम्म लकडाउन आदेश जारी गरेको  छ।


प्रतिक्रिया दिनुहोस्