थप एक जनामा कोरोना संक्रमण पुस्टि

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ८ : ०३


काठमाडौं । नेपालमा फेरि एक जनामा कोरोना संक्रमण फेला परेको छ। सप्तरीका एक युवकमा कोरोना पोजेटिभ देखिएको हो।

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको  छ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिान, धरानको प्रयोगशालामा गरिएको परीक्षणमा ती युवकमा कोरोना पुष्टी भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ। 

आज विहानमात्रै कपिलवस्तुमा १० जना कोरोना संक्रमण पुस्टि भएको थियो।

नेपालमा हालसम्म उदयपुरमा ३२, पर्सामा २५, बाँकेमा २४, कपिलवस्तुमा १५, काठमाडौंमा ५, कैलालीमा ४, रौतहटमा ३ तथा बागलुङ, बारा, चितवन र झापामा २/२ जनामा कोरोना संक्रमण देखिएको छ। त्यस्तै भोजपुर, सर्लाही, सप्तरी, रुपन्देही र कञ्चनपुरमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ।

यो पनि पढ्नुहोस

अपडेट भारतबाट लुकिछिपी नेपाल आएका आएका थिए कपिलवस्तुका १० संक्रमित
 


प्रतिक्रिया दिनुहोस्