भीआईपी सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई सीमामा खटाउने सरकारको निर्णय

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ६ : २०


काठमाडौँ । सरकारले भीआईपीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई सीमा सुरक्षाका लागि खटाउने निर्णय गरेको छ। 

सोमबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भीआईपी सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई सीमामा खटाउने निर्णय भएको जानकारी गराउनुभएको छ। 

उहाँले भन्नुभयो, भीआईपी सुरक्षामा सशस्त्र प्रहरीलाई खटाइँदै आएकोमा अब त्यहाँबाट झिकेर सबैलाई सीमामा खटाउने निर्णय भएको छ। सीमामा सुरक्षा संयन्त्र बढाउने योजनाका साथ उक्त निर्णय गरिएको हो। 

सीमा क्षेत्रमा हाल २२ हजार ६ सय १६ सुरक्षाकर्मी परिचालन भएका छन्।


प्रतिक्रिया दिनुहोस्