सुनका गहनासहित नगद चोरी गर्ने ३ जना पक्राउ

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ५ : ४१


धनगढी उपमहानगरपालिका–७ मा एक व्यक्तिको घरबाट सुनका गहनासहित नगद रकम चोरीको घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। 

गत चैत ६ गते वडा नं ७ बस्ने रामबहादुर विककी श्रीमती रेखा घरमा ढोका बन्द गरी बारीमा गएको समयमा ढोका खोली दराजमा रहेको सुनको तिलहरी दुई थान, हातको बाला, मोबाइल र नगद रु २० हजारसहित चोरी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा धनगढी–१ का श्याम जोशी, शिवनगर बेताल आरती सुनचाँदी पसल सञ्चालक कमलेश भन्ने सुजल खनाल र पङ्कज घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्