लकडाउन उल्लंघन आरोपमा पुनम पाण्डे पक्राउ

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ४ : २६


काठमाडाैं । भारतीय मोडल तथा नायिका पुनम पाण्डे पक्राउ परेकी छिन् । बीएमडब्लु कारमा साथीहरुसँग घुमिरहेका बेला लकडाउन उल्लंघनको आरोपमा पाण्डेलाई मुम्बई प्रहरीले पक्राउ गरेको हो ।

पुनम र उनीसँगै पक्राउ परेका सेम अहमदलाई सरकारी नियम उल्लंघन गरेको आरोपमा अदालतमा मुद्दा दायर गर्ने तयारी भएको मुम्बई प्रहरीले जनाएको छ । उनीहरु ड्राइभ इलाकास्थित एक पाँच तारे होटल बाहिर पक्राउ परेका थिए । प्रहरीले पाण्डेको कार पनि नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस्