अल्लु अर्जुनको फिल्ममा ६ मिनेटको एक्सनका लागि ६ करोड खर्च

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ४ : २३


साउथ इण्डियनका चर्चित नायक अल्लु अर्जुनको मुख्य भूमिका रहने एक फिल्ममा ६ मिनेको एक्सनका लागि ६ करोड खर्च गरिने भएको छ। चलचित्र ‘पुष्पा’का लागि निर्माण पक्षले उक्त रकम खर्च गर्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

भारतमा लक डाउन खुलेसँगै यो चलचित्रको छायांकन सुरु हुने बताइएको छ। यो चलचित्रमा एक्सन दृश्यका लागि महंगो रकम खर्च गर्न लागिएको समाचारमा उल्लेख छ। 

भारतीय मिडियाका अनुसार, ६ मिनेट लामो एक्सनको दृश्यका लागि मात्रै ६ करोड रुपैयाँ खर्च गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ।

यो चलचित्रको निर्माणका लागि सबै भारतीय प्राविधिकले नै यो चलचित्रमा काम गर्नेछन्। कुनै विदेशी प्राविधिक पयोग हुने छैनन्। यो चलचित्र भारतका सबै भाषामा रिलिज हुनेछ ।


प्रतिक्रिया दिनुहोस्