नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ३ : १०


काठमाडौँ । नेपालमा सोमबार बिहान थप १० जनामा कोरोना संक्रमण (कोभिड १९) पुष्टि भएको छ। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा कपिलवस्तुका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रायलयका अनुसार कपिलबस्तु यशोधा गाउँपालिका-५ र बुद्धभूमी नगरपालिका-७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षीय पुरुष र अर्का एक जना उमेर नखुलेका व्यक्तिको कोरोना परीक्षण रिर्पोट पोजेटिभ देखिएको हो। 

अहिलेसम्म संक्रमण सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जनाएको छ। नेपालमा ३१ जना संक्रमित उपचारपनि निको भएका छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस्