महोत्तरीमा शव फेला, हत्याको आशङ्का

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ३ : ०४


महोत्तरीको गौशाला नगरपालिका–४ बिर्ताका ४६ वर्षीय दिलीप ठाकुर आइतबार साँझ मृत फेला परेका छन् । बिर्ता बस्तीकै मकै बारीमा ठाकुरको शव साँझ फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको हो। 

मृतक ठाकुरको टाउकोमा गम्भीर चोट देखिएको छ। यस आधारमा कसैले हत्या गरेर फालेको हुनसक्ने अनुमानमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले बताउनुभयो। 

बिहानभरि आफ्नै बस्ती वरिपरि देखिएका ठाकुर मध्याह्नपछि कहाँ कसको बोलावटमा गएका थिए यसको खोजी गरिने प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्