चीनमा फेरि फर्कियो कोरोना संक्रमण

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  २ : ३२


काठमाडौँ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २१२ देशमा फैलिएको छ। 

चीनमा कोरोना संक्रमण मत्थर बन्दै गएपछि केही हप्ता अघि ७४ दिन लामो लकडाउन खुल्ला गरिएको थियो। लकडाउन खुलेसँगै त्यहाँको जनजीवन सामान्य बन्दै गएको थियो। तर केही दिनदेखि चीनमा फेरिक कोरोना संक्रमण देखिन थालेको छ। 

पछिल्लो २४ घण्टामा चीनमा १७ जना नयाँ कोरोना संक्रमित फेला परेका छन्। अघिल्लो दिन चीनमा १४ जना नयाँ संक्रमित थपिएका थिए। एक महिनापछि कोरोनाको उद्गमस्थल मानिने चीनको वुहानमा पनि कोरोना संक्रमण फेला परेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। 

चीनमा कोरोना भाइरसबाट ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ भने ८२ हजार ९ सय १८ जना संक्रमित भएका छन्। जसमध्ये ७८ हजार १ सय ४४ जना उपचारपछि निको भएका छन् भने १ सय ४१ जना एक्टिभ संक्रमित र ९ जना सिकित्स बिरामीको उपचार भइरहेको छ। 

कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ३ हजार ५ सय १० जनाको मृत्यु भएको छ भने ७९ हजार ८ सय ७५ जना नयाँ संक्रमित थपिएका छन्। यो तथ्यांक अघिल्लो दिनको तुलनामा कम हो। 

कोरोना भाइरसबाट अहिलेसम्म विश्वभर २ लाख ८३ हजार ८ सय ५९ जनाको मृत्यु भएको छ भने ४१ लाख ८० हजार ३०३ जना संक्रमित भएका छन्। 


प्रतिक्रिया दिनुहोस्