भारतीय पूर्व प्रधानमन्त्री सिंह एम्स अस्पताल भर्ना

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ५ : ०८


काठमाडौं । भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंह गम्भीर बिरामी परेका छन्।

छाति दुख्ने समस्या आएपछि सिंहलाई राति दिल्ली स्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस(एम्स)अस्पताल भर्ना गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

भारतीय कांग्रेसका प्रवक्ता जयवीर शेरगिलने सिंह अस्पताल भर्ना भएको पुस्टि गर्दै स्वास्थ्यलाभका लागि कामना गरेका छन्।

मनमोहन सिंह सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री थिए।


प्रतिक्रिया दिनुहोस्