शंकर पोखरेललाई भीम रावलले जवाफ फर्काए

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ४ : ०१


काठमाडौं । सत्तारुढ दल नेकपा नेता भीम रावलले सरकारका गलत कामको समर्थन गर्न नसकिने जवाफ दिएका छन्।

आइतबार संसदीय समितिमा नेता रावलले सरकार विरुद्ध आक्रोश पोखेपछि अहिले नेकपाकै नेताहरुले रावललाई आलोचना नभई जुट्ने बेला भएको बताएका छन्।

प्रधानमन्त्री निकट मानिने नेकपा स्थायी समिति सदस्य शंकर पोखरेलले सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेता रावललाई संयम हुन सुझाएका थिए।

नेता रावलले ट्विट मार्फत जवाफ दिँदै पार्टी विनाशतर्फ गइरहेको जनाएका छन्।

यो पनि

भीम रावल आक्रोशित बनेपछि शंकर पोखरेलले यस्तो लेखे
 


प्रतिक्रिया दिनुहोस्