भारतसँग तत्काल उच्च तहमा वार्ता गर्न माग

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ३ : ४५


काठमाडौं । भारतीय हस्तक्षेप विरुद्ध तत्काल सर्वपक्षिय बैठक राखी भारतसँग कुटनीतिक पहल गर्न विभिन्न विद्यार्थी संगठनहरुले सरकारसँग माग गरेका छन्।

आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापनपत्र बुझाँदै विभिन्न ७ विद्यार्थी संगठनहरुले सर्वपक्षिय र सर्वदलिय बैठक राखी भारतसँग उच्च तहमा वार्ता गर्न माग गरेका हुन्।

नेपालको मिचिएको भूमि फिर्ता गर्न र सार्वभौमसत्तालाई सम्मान गर्न भारतलाई बाध्य बनाउन सरकारले तदारुकता देखाउन पनि संगठहरुले आग्रह गरेका छन्।

भारतसँग कुनै ठोस र परिणाममुलक पहल नगरेको कारण आज हेपाहा प्रवृतिले थप प्रसय पाएको नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुंगानाले बताउनुभयो ।

ज्ञापनपत्र बुझ्दै परराष्ट्र मन्त्री ज्ञवालीले सरकारले भारतको कदम विरुद्ध आफ्नो धारणा सार्वजनिक गरिसकेको र समस्या समाधानका लागि कुटनीतिक पहल भइरहेको बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्