नेपालमा कोरोनाबाट निको हुनेको संख्या ३२ पुग्यो

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १ : २३


काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या ३२ पुगेको छ।

आइतबार एकैदिन दुई जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन्। 

झापाको दमकका ६३ वर्षीय पुरुष र भोजपुरको हतुवागढीका २६ वर्षीय युवक कोरोनामुक्त भएर घर फर्केका हुन।

उनीहरु विराटनगरको कोसी अस्पतालमा उपचाररत थिए। नेपालमा आइतबार नयाँ संक्रमित थपिएका छैनन्।


प्रतिक्रिया दिनुहोस्