दिउसै अन्धकार बन्यो पश्चिम तराई, हावाहुरी सँगै वर्षा

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १० : ५४


काठमाडौं। अचानक आएको हावाहुरीले पश्चिम तराईमा दिउसै अन्धकार बनेको छ।

हावाहुरीको बितण्डासँगै कैलाली, कञ्चनपुर लगायतका जिल्लामा अध्यारो देखिएको हो। हावाहुरीसँगै अहिले त्यहाँ पानी पनि परिरहेको बताइएको छ। एक्कासी चलेको हावाहुरीले सो क्षेत्रमा विद्युत समेत अवरुद्ध भएको छ।

मौसम पूर्वानुमान महाशाखाले सुदुरपश्चिममा न्यून चापीय प्रणालीको प्रभाव सूरु भएकाले अब त्यो विस्तारै पूर्वतिर प्रवेश गर्ने जनाएको छ।

महाशाखाले एक विज्ञप्ति मार्फत आगामी ३ दिन वर्षाको सम्भावना रहेको समेत जनाएको छ।


प्रतिक्रिया दिनुहोस्