मलेसियामा लकडाउन ४ हप्ता थपियो

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ९ : ००


काठमाडौं । मलेसियामा जारी लकडाउन चार हप्ताका लागि थप गरिएको छ । कोरोना भाइरसको जोखिम कम गर्न लगाइएको लकडाउनको अवधि थप चार हप्ताका लागि थपिएको मलेसियाली प्रधानमन्त्री तान सिर मुहाइदिन याशिनले जानकारी दिनुभयो ।

यसअघि मे १२ सम्मका लागि तोकिएको लकडाउन चार हप्ता थप गरी जुन ९ सम्म पुर्याइएको बताइएको छ । मलेसियामा गत मार्च १८ देखि लकडाउन घोषणा गरिएको छ भने मे ४ देखि केही खुकुलो भएको बताइएको छ । मलेसियामा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ६ हजार नाघेको छ ।


प्रतिक्रिया दिनुहोस्