विवाहको वर्षगाँठमा विपन्नलाई राहत दिए यी दम्पत्तिले

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ६ : ५४


शिवु खनाल 
दाङ । विवाह वर्षगाँठको अवसरमा दाङमा श्रीमान् श्रीमतीले पाँचजना अति विपन्न घरपरिवारलाई राहत वितरण गर्नुभएको छ । दाङ देउखुरीस्थित लमही नगरपालिका– ६ का आशीष पौडेल र कविता वलीले ९ औँ वर्षगाँठको अवसरमा १ क्यारेट अण्डा, २५ किलो चामल, ४ किलो दाल, १ लिटर तेल, १ किलो नुन र २ पिस साबुनका दरले खैरी गाउँका पाँचजना अतिविपन्न घरपरिवारलाई राहत वितरण गर्नु भएको हो ।  

वर्षगाँठको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी भोज खुवाएर मनाउने गर्छन् तर, यो विपदको बेला लकडाउनले अति प्रभावित परेका घरपरिवारलाई अलिकति राहतस्वरूप सहयोग गरौं भन्ने उद्देश्यले वर्षगाँठको अवसरमा विपन्न घर परिवारलाई राहत वितरण गरेको आशीष पौडेलले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘यो विपद्को बेला सबैको घरमा चुलो बल्नुपर्छ । भोकले कोही कसैले ज्यान गुमाउनु हुँदैन । यस्तो विपद्को बेला सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ ।’
 


प्रतिक्रिया दिनुहोस्