विप्लव समुहले भारतीय प्रधानमन्त्री मोदीको पुतला जलाउने

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ६ : ५३


काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी भारतीय अतिक्रमण विरुद्ध संकर्षका कार्यक्रम सार्वजनिक गरेको छ।

नेकपाले भारतले कालापानी, लिपुलेक क्षेत्र अतिक्रमण गर्दै एकलौटी सडक बनाएको विरोधमा वैशाख २९ गते सर्वत्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गर्ने, वैशाख ३१ देखि जेठ ४ गतेसम्म हस्तक्षेप विरुद्ध पर्चा वितरण गर्ने कार्यक्रम सार्वजनिक गरेको छ।

यस्तै,जेठ ५ गते देशव्यापी रूपमा मशाल जुलुस गर्ने कार्यक्रम पनि सार्वजनिक गरिएको छ।

नेकपाले देशव्यापी रूपमा आयोजना हुने सङ्घर्षमा सिङ्गो पार्टीपङ्क्तिलाई सक्रियतापूर्वक परिचालित हुन निर्देशन गरेको छ।


प्रतिक्रिया दिनुहोस्