आफैँले बनाएको कोरोना भाइरसको औषधि आफैँमाथि परीक्षण गर्दा डाक्टरको मृत्यु

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ४ : ०५


काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीविरुद्धको उपचारका लागि विभिन्न देशका वैज्ञानिकहरु तिब्र रुपमा खटिएका छन्। 

यसै क्रममा भारतमा एक वैज्ञानिकले कोरोना भाइरसविरुद्ध आफूले बनाएको औषधिको आफैँमाथि परीक्षण गर्दा लगत्तै ज्यान गुमाएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार चेन्नइका ४७ वर्षीय यी आयुर्वेदिक डाक्टरको आफैँले बनाएको औषधि आफैँमाथि परीक्षण गर्ने क्रममा ज्यान गएको हो। चेन्नइको पेरुगुंडीका के शिवसेनन यहाँको आयुर्वेदिक उत्पादन कम्पनी सुजाता बायोटेकमा फार्मासिस्ट र प्रोडक्सन म्यानेजर थिए । यो कम्पनी खोकीको झोल औषधि (सिरप) उत्पादनको लागि प्रसिद्ध छ ।

विश्वभर कोरोनाको प्रकोप फैलिएपछि कम्पनीका प्रमुख राजकुमार र शिवसेनन मिलेर औषधिको खोजी गरिरहेका थिए । उनीहरुले कोरोनाको लागि एउटा औषधि बनाए र त्यो औषधि आफैँमाथि परीक्षण गर्न थाले । राजकुमारले औषधि थोरै मात्रामा खाए । तर शिवसेननले भने धेरै मात्रामा औषधि सेवन गरे ।

औषधिको सेवन गर्नासाथ दुबै बेहोस भए । दुबैलाई नजिकको अस्पताल लगियो । अस्पतालमा राजकुमार त होसमा आए तर शिवसेननको मृत्यु भयो। 


प्रतिक्रिया दिनुहोस्