कोरोनाबाट भूपू गोरखा सैनिक राईको निधन

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ३ : ०९


कोरोनाको सङ्क्रमणबाट थप एक भूपू गोरखा सैनिकको शनिबार निधन भएको छ । श्वासप्रश्वासको समस्या देखिएपछि मेडिस्टोन  अस्पतालमा १० दिनअघि भर्ना गरिएका ७७ वर्षीय कर्णबहादुर राईको उपचारका क्रममा निधन भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिनुभयो । 

ताप्लेजुङ मैवाखोला स्थायी घर भई राई विगत तीन वर्षदेखि बेलायतको मेडिस्टोनमा आफ्ना श्रीमती, एक छोरा र एक छोरीसहित बस्दै आउनुभएको थियो । हालसम्म बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको सङ्ख्या ४५ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्