भारतमा पछिल्लो २४ घण्टामै ११६ जनाको मृत्यु

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ३ : ०३


काठमाडौँ । छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण तिब्ररुपमा फैलिएको छ। पछिल्लो २४ घण्टामा मात्रै भारतमा ११६ जनाको मृत्यु भएको छ भने ३ हजार १ सय १३ जना नयाँ संक्रमित थपिएका छन्। 

यो सँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार १०१ पुगेको छ भने ६२ हजार ८०८ जना संक्रमित भएका छन्। जसमध्ये १९ हजार ३०१ जना उपचारपछि घर फर्किएका छन् भने ४१ हजार ४०६ जना एक्टिभ संक्रमितको उपचार भइरहेको छ। 

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २१२ देशमा फैलिएको छ। विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ८० हजार ४ सय ३२ पुगेको छ भने ४१ लाख ७ सय ८८ जना संक्रमित भएका छन्। 


प्रतिक्रिया दिनुहोस्