विश्वभर कोरोना भाइरसबाट ७८ नेपालीको मृत्यु, ५ हजार ५ सय बढी संक्रमित

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  २ : १०


काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ७८ जना नेपालीको मृत्यु भएको छ। 

शनिबार साँझसम्म कोरोना भाइरसबाट विश्वभर ७८ नेपालीको मृत्यु भएको छ भने ५ हजार ५ सय बढी संक्रमित भएको एनआरएनएले जनाएको छ। एनआरएनएको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबै भन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ।

यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। जसमध्ये मध्य न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जनाको मृत्यु भएको छ।

यस्तै, संयुक्त अरब इमिरेट्स्ट (यूएई) मा ६, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १ र नेदरल्याण्डमा १, बहराइन १, स्वीडेन १ जनाको कोरोना भाइरसका कारण ज्यान गएको एनआएरएनएले जनाएको छ। 

नेपाल बाहेक विश्वभर ५ हजार ४ सय ७२ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन्। जसमध्ये २ हजार भन्दा बढी नेपाली निको भइरसकेका छन्। 

स्वास्थ्य समितिका अनुसार कतार २ हजार ३ सय, अमेरिकामा १ हजार ५ सय, युके १ हजार, बहराइनमा २ सय ४५, यूएईमा १ सय ४९, कुवेतमा ७८, नेपाल १०९, साउदी अरबमा ३०, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अष्ट्रेलिया १२, बेल्जियममा ६, जापानमा १०, स्वीडरल्याण्डमा ५, क्यानाडामा १०, जर्मनीमा ४, फिनल्याण्ड ४, साईप्रसमा ३, मलेसियामा ५१, न्युजिल्याण्डमा ३, माल्दिभ्समा २, माल्टामा २, हङकङमा २, म्यानमारमा १, फ्रान्समा १ जना नेपालीलाई कोरोना संक्रमण भएको छ ।

यसैगरी स्पेन र अष्ट्रेलियामा १२-१२ जना तथा जापान र क्यानडामा १०-१० जना नेपाली संक्रमित छन् । बेल्जियममा ६, स्वीटजरल्याण्डमा ५ तथा जर्मनी र फिनल्याण्डमा ४-४ जना नेपालीलाई कोरोना पुष्टि भएको छ ।

यसैगरी साइप्रस र न्युजिल्याण्डमा ३-३ जना, माल्दिभ्स, माल्टा र हङ्गकङ्गमा २-२ जना तथा म्यानमार र फ्रान्समा १-१ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको एनआरएनएले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्