चीनमा फेरि बढे कोरोना संक्रमित

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १ : ५८


चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २१२ देशमा फैलिएको छ। विश्वभर कोरोनाको महामारी फैलिदा कोरोनाको उद्गमस्थल मानिने चीनमा भने कोरोना मत्थर बन्दै गएको थियो। 

तर चीनमा फेरि नयाँ कोरोना संक्रमित देखिन थालेका छन्। पछिल्लो २४ घण्टामा मात्रै चीनमा १४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। अघिल्लो दिन चीनमा १ जनामा मात्रै कोरोना संक्रमण देखिएको थियो। 

कोरोना संक्रमणबाट चीनमा ४ हजार ६ सय ३३ जनाको मृत्यु भइसकेको छ भने ८२ हजार ९ सय १ जना कोरोना संक्रमित रहेका छन्। जसमध्ये ७८ हजार १ सय २० जना उपचारपछि घर फर्किएका छन् भने १४८ जना एक्भिट संक्रमितको उपचार भइरहेको छ। 

केही हप्ताअघि चीनमा ७४ दिन लामो लकडाउन खुलेसँगै त्यहाँको जनजीवन सामान्य बन्दै गएको छ। 


प्रतिक्रिया दिनुहोस्