आज आइतबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १२ : ५४


मिति २०७७ साल वैशाख २८ गते आईतबार, ईश्वी सन् २०२० मे १० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । जेष्ठ कृष्णपक्ष । तिथि– तृतीया। 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेमको डोरो कसिलो भएर जानेछ । प्रशासन तथा सेवा सम्वन्धीत कामहरु समयमा नै सम्पन्न हुनेहुदा मन प्रशन्न रहनेछन्। तरपनि बिहानको समय अनुकुल नहुनाले मध्ययम रहेकोले अटोपार्ट सम्बन्धि काम गर्दा ध्यान दिनुहोला।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापारमा लगानी गरे पनी आम्दानी नहुने हुनाले दैनिक गुजार ऋण लिएर चलाउनु पर्ने वाध्यता आउनेछ । प्रणय सम्वन्धमा चिसोपनको सुरुवात हुनेछ भने जीवन साथीको सहयोग नपाउँदा कामहरु थाती रहनेछन्। 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मायाप्रेम तथा पति पत्नी विचको सम्वन्धमा विश्वासको वातावरण मजभुत भएर जानेछ। पारिवारिक माहोलमा दिन वित्न तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ। 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागी समय उत्तम रहेकोछ। 

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्त तथा सन्तानले प्रगति गरी तपार्ईँलाई सम्झनेछन् । कृषि तथा पशुपालन व्यावासमायमा लगानी गरि भविश्यमा आम्दानी गर्न सकिनेछ। 
 
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कृषि तथा पशुपालन व्यावसायबाट भने सन्तोष जनक आम्दानी हुनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना वढि सुन्नु पर्नेछ । आमासँग मनमुटाव बढ्नेछ । 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ। 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सामाजिक सभासमारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने बोलिको प्रभाव बढ्ने तथा महत्वपुर्ण कामहरु आज नै फत्ते गर्नु उचित हुनेछ । 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्ययनमा प्रगती हुनेछ भने अरुलाई पछी पार्दै नतिजा आफैतिर ल्याउँन सकिनेछ । राजनीति गर्नेहरुले राज्यबाट पद पाउने समय रहेकोछ । विलासी वस्तुको प्रयोग मार्फत अरुको मन लोभ्याउन सकिनेछ। 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कामगर्दा ख्याल गर्नु जरुरी देखिन्छ,समयमा कामहरु सम्पन्न नहुदा मान सम्मानमा आघात पर्न सक्छ । पढाइ लेखाइमा तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनुहोला। 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पढाइ लेखाइमा मन जानेछ । प्रेम प्रशङमा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ। दाजुभाई तथा आफन्तबाट काममा सहयोग हुने हुनाले लगानी बढाउँन सकिनेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाइने छ । पैत्रिक धन सम्पतिको प्रयोग गरी आम्दानीका स्रोत बढाउन सकिनेछ। 


प्रतिक्रिया दिनुहोस्