नेपालको भूमी मिचेका छैंनौ, सिमा विवादबारे कोरोनापछि संवाद : भारत

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ४ : ५०


काठमाडौं । भारतले नेपालको भूमीमा सडक नबनाएको झुटो दाबी गरेको छ।

शनिवार नेपालको परराष्ट्र मन्त्रालयले नेपाली भूमीमा भारतले सड्क बनाएकोे जनाउँदै कडा आपत्ति जनाएको थियो।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालको विज्ञप्ति देखेको भन्दै कैलाश मानसरोवर सडक भारतको भूभागमा निर्माण भएको बताए।

शुक्रबार गृहमन्त्री राजनाथ सिंहले उद्घाटन गरेको उक्त सडकखण्ड पूर्ण रुपमा भारतीय भूमीमा रहेको उनको दाबी छ।

कैलास मानसरोवर यात्राका लागि तीर्थयात्रीहरूले पहिलेदेखि प्रयोग गर्दै आएको बाटोलाई सडक बनाइएको उनले बताएका छन्।

नेपाल र भारतले सीमानाका सम्बन्धी सबै विवाद समाधानका लागि उच्च स्तरीय संयन्त्र गठन गरेको भन्दै कुटनीतिक वार्ता मार्फत समस्या समाधान गर्न तयार रहेको समेत भारतले जनाएको छ।

दुबै पक्षले विदेश सचिवस्तरीय वार्ता गर्ने तयारी गरिरहेको भन्दै भारतले कोरोना भाइरस नियन्त्रणमा आएपछि मिति तय हुने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्