कोरोना विरुद्ध लड्न उत्तर कोरियालाई चीनले साथ दिने

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ४ : ०९


एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङले कोरोना विरुद्ध लडन् उत्तर कोरियालाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

नेता किम जोंग उनले पठाएको सन्देशमा प्रतिक्रिया दिँदै राष्ट्रपति सीले शनिबार कोरोना महामारी विरुद्ध आवश्यक परे सहयोग गर्न तयार रहेको जनाएको छन्।

उत्तर कोरियाली नेता किम जोंग उनले चीनलाई कोरोना महामारी विरुद्धको लडाई जितेकोमा बधाई दिँदै पत्र पठाएका थिए।

राष्ट्रपति सीले उक्त पत्रको जवाफ पठाउँदै आवश्यक परेकोमा सहयोग गर्ने बताएका हुन।

उत्तर कोरियामा हालसम्म एक जनामा पनि कोरोनाको संक्रमण देखिएको छैन।

कोरोनाको प्रकोप बढेसँगै गत जनवरीमा उत्तर कोरियाले पहिलोपटक पर्यटकीयस्थल बन्द गरेको थियो।


प्रतिक्रिया दिनुहोस्