थप एक जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  २ : ५५


काठमाडौं । थप एक जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।

उदयपुरको भुल्केमा शनिवार थप एक महिलामा कोरोना संक्रमण फेला परेको हो।

विराटनगरको कोसी अस्पतालमा गरिएको परीक्षणमा ती महिलामा कोरोना पोजेटिभ देखिएको हो। यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ११० पुगेको छ।

शनिवार बिहानमात्रै भुल्केमै ३ महिलामा कोरोना संक्रमण पुस्टि भएको छ।

योसँगै उदयपुरमा मात्र संक्रमितको संख्या ३२ पुगेको छ। 

नेपालमा हालसम्म संक्रमित मध्ये २८ जना निको भएका छन्। निको भएर घर फर्केका मध्ये ३ फेरि अस्पताल भर्ना भएका छन। 

यो पनि पढ्नुहोस

नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि
 


प्रतिक्रिया दिनुहोस्