नमो क्षेत्रपाल हेल्थहोमले दियो प्रहरीलाई १६ सय थान मास्क

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  १ : ४९


काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीमा फ्रन्टलाइनमा रहेर काम गरिरहेका प्रहरीलाई नमो क्षेत्रपाल हेल्थहोम स्वयम्भुले १६ सय थान मास्क दिएको छ । हेल्थहोमका सञ्चालकले काठमाडौँका विभिन्न स्थानका प्रहरी चौकीहरुमा पुगेर मास्क प्रदान गर्नुभएको हो ।

अस्पतालका सञ्चालक ममता रानाभाट, रविन खत्री र समिता केसीको संयुक्त टोलीले उपत्यकाका जनसेवा न्युरोड, सोह्रखुट्टे, स्वयम्भु, बालाजु हाइट, महाराजगञ्ज, अनामनगर प्रहरी प्रभाग र वनस्थली प्रहरी चौकीमा पुगेर मास्क प्रदान गरेको हो । हेल्थहोमले यसअघि पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन तथा विभिन्न सामाजिक सेवाका कामहरु गर्दै आइरहेको सञ्चालक समिता केसीले बताउनुभयो ।

पाइल्स, फिस्टुला, फिसर, कब्जियत, ग्याष्ट्रिक, अल्सर, जण्डिस, पिनास, माइग्रेन (टाउको दुख्ने), बाथ, युरिक एसिड, दम, उच्च रक्तचाप, सुगर, नशाको समस्या, स्त्रीरोग, महिनावारी समस्या लगायत विभिन्न रोगहरुको वरिष्ठ चिकित्सकहरुको सहभागितामा निःशुल्क स्वास्थ्य जाँच गरी बिरामीहरुको सेवा गर्दै आएको छ ।


 


प्रतिक्रिया दिनुहोस्