पूर्व जर्नेल प्रेमसिंह बस्न्यात पक्राउ

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  १२ : ०७


काठमाडौ। नेपाली सेनाका पूर्व सहायक रथी डा.प्रेमसिंह बस्न्यात पक्राउ परेका छन्।

भारतले नेपाली भूमी लिपुलेकमा अतिक्रमण गरेर सडक बनाएकोमा विरोध गर्दै शनिवार पत्रकार सम्मेलन गरिरहेका बेला बस्न्यातलाई प्रहरीले पक्राउ गरेको हो।

शंकपार्कमा आयोजित पत्रकार सम्मेलन स्थलबाटै प्रहरीले पूर्व जर्नेल बस्न्यातसँगै सशस्त्र प्रहरीका पूर्व एआईजी ठाकुरमोहन श्रेष्ठलाई पक्राउ गरेको छ।

पक्राउ गरेर दुवैजनालाई प्रहरीले अहिले महानगरीय प्रहरी वृत्त महाराजगञ्‍जमा राखेको छ।

भारतको विरोध गरेकोमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको बताइएकोे छ।


प्रतिक्रिया दिनुहोस्