भारत विरुद्ध राष्ट्रिय स्वाधीनताको सङ्घर्ष सुरु गछौं : विप्लव नेकपा

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ११ : ३६


काठमाडौँ । नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिपुलेकमाथि हस्तक्षेप गर्दै भारतले सडक निर्माण थालेकोमा त्यस विरुद्ध सङ्घर्ष सुरु गर्ने चेतावनी दिएको छ।

उक्त पार्टीको तर्फबाट पार्टी सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय ब्युरोका इन्चार्ज धर्मेन्द्र बास्तोला 'कञ्चन'ले शनिबार विज्ञप्ति जारी गर्दै स्वाधीनताको सङ्घर्षमा उठ्न सबै राजनीतिक पार्टीहरू, नेपाली सेना र नेपाल प्रहरीलाई अपिल गरेका छन्।


प्रतिक्रिया दिनुहोस्