ट्रम्पले हिन्दु पुजारी मार्फत ह्वाइट् हाउसमा गरे पूजापाठ

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  १० : ४२


काठमाडौं । घातक कोरोना भाइरसका कारण अमेरिका अहिले सबैभन्दा धेरै प्रभावित भएको छ।

अमेरिकामा १३ लाख भन्दा बढि मानिस संक्रमित भएका छन् भने ७८ हजार बढिको ज्यान गएको छ।

कोरोनाका कारण अमेरिकाको अवस्था दिनदिनै बिग्रदै गएको छ। यसैबीच, ह्वाइट हाउसले एक जना हिन्दु पुजारीलाई बोलाएर पवित्र वैदिक शान्ति पाठ र पूजा गराएको छ।

उक्त पूजामा राष्ट्रपति डोनाल्ड ट्रम्प आफै सहभागी थिए। न्युजर्सीको बीएपीएस स्वामीनारायण मन्दिरका पूजारी हरीश व्रह्मभट्टलाई बोलाएर ह्वाइट हाउले बैदिक वैदिक मन्त्रोच्चारण गराएको हो।

ती पुजारीले शुक्ल यजुर्वेदका वैदिक मन्त्रहरुबाट प्रार्थना गरेका थिए। 

उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।


प्रतिक्रिया दिनुहोस्