चीनका वैज्ञानिकले बनाएको औाषधीले जनावरलाई गर्यो कोरोनामुक्त

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  १० : १२


बेइजिंग । विश्वमा महामारी निम्त्याएको कोरोना भाइरसको औषधीको खोजीमा अहिले धेरै देशका वैज्ञानिकहरु कोरोना विरुद्धको जुटेका छन्। हालसम्म कसैले औषधी फेला पार्न सकेका छैनन्।

यसैबीच, चीनले भने कोरोना भाइरस विरुद्धको खोप बनेको जनाएको छ। र पशुहरुमा गरिएको परिक्षणको नजिता सफल देखिएको छ।

कोभिड-१९ भ्याक्सिनको लागि पशुमा पहिलो पटक गरिएको परीक्षणको नजितामा सकारात्मक परिणाम आएको हो।

चिनियाँ वैज्ञानिकहरुले तयार पारेको यो औषधी बाँदर र मुसामा परिक्षण गरिएको थियो। 

जनावरमा गरिएको पहिलो ट्रायल सफल देखिएको हो। उक्त खोप लगाउँनु अघि बाँदरलाई ३ हप्ता पहिले कोरोना संक्रमित बनाइएको थियो।

खोप लगाएपछि केहि दिनमै बाँदरको फोक्सोबाट भाइरस हराएको हो।

मुसामा पनि सफल देखिएकाले अब मानिसमा पनि औषधी सफल हुने वैज्ञानिकहरुको विश्वास छ।

कोरोना भाइरस खोप तयार पार्न यसरी विश्वमै पहिलो पटक पशुमा परीक्षण गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

गत बर्ष चीनको वुहानबाट फैलिएको कोरोना अहिले विश्वभर पुगेको छ। चीनमा भने कोरोना नियन्त्रणमा आइसकेको छ।


प्रतिक्रिया दिनुहोस्