लिपुलेकमा भारतले सडक बनाएको विरोधमा माइतिघरमा प्रदर्शन

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ८ : ५०


काठमाडौं । भारत सरकारले नेपाली भूमि लिपुलेक र कालापानीमा सडक बनाएको विरोधमा माइतीघरमा प्रदर्शन गरिएको छ।

भारत सरकारको उक्त कदम विरुद्ध प्रदर्शन गर्न माइतीघर पुगेको युवाहरुको समूहलाई प्रहरीले पक्राउ गरेको छ।

नाराबाजी गर्दै माइतिघर पुगेका युवाहरुलाई त्यहाँ नपुग्दै प्रहरीले पक्राउ गरेको हो। उनीहरुले ‘ओली सरकार राजिनामा दे, हाम्रो भूमि प्राणभन्दा प्यारो छ। भारतीय विस्तारबाद मुर्दावाद, लिपुलेक हाम्रै हो भन्दै नाराबाजी’ गरेका थिए।

यस्तै भारतीय दुतावास अगाडी प्रदर्शनका लागि पुगेका विद्यार्थीहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ।

लैनचौरमा रहेको दुतावास अगाडी प्लेकार्ड सहित प्रदर्शन गर्न पुगेका सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठनका नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो।


प्रतिक्रिया दिनुहोस्