‘कालापानी विवाद ओलीको राष्ट्रवादी छविको परिक्षण होइन’

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ८ : ०४


काठमाडौं । पूर्व सञ्चारमन्त्री तथा नेकपा नेता गोकुल बाँस्कोटाले सीमा विवाद प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादी छविको परिक्षण नभएको जनाएका छन्।

नेपाली भूमी लिपुलेकमा भारतले सडक बनाउँदासम्म सरकार जानकार थिएन? भन्दै प्रश्न उठिरहेका बेला बाँस्कोटा सरकारको बचाउमा उत्रेका हुन।

प्रधानमन्त्री निकट रहेका नेता बाँस्कोटाले ट्विटमा लेखेका छन्, ''ओलीअघिको नेतृत्वको मौकापरस्त दृष्टिकोण र भारतको मिचाहा नीतिको परिणाम हो।''

सत्तारुढ दल नेकपाका अन्य नेताहरुले भने सरकारको धारणा माग गरेका छन्।

 


प्रतिक्रिया दिनुहोस्