सिरियामा कोरोना भाइरस संक्रमणका घटना बढ्दै

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ७ : ४५


दमास्कस । यी तस्विरहरु सिरियाको विद्रोही नियन्त्रित क्षेत्रका हुन। जहाँका धेरै घरहरू माटोमा परिणत भएका छन्।

त्यसक्षेत्रमा सरसफाई गर्नु एउटा चुनौती छ भने वर्तमान अवस्थामा सबैभन्दा ठूलो चुनौती कोरोना भाइरसबाट सुरक्षित हुनु रहेको छ।

तस्विरमा देख्न सकिन्छ बालबालिका तथा देखि बृद्धसम्म एक ठूलो पंक्तिमा बसेका छन्।

प्रत्येक वर्ष रमजानको ३० दिन लाखौं मुस्लिमहरू सूर्योदयदेखि सूर्यास्तसम्म उपवास बस्ने गर्छन र साँझ वर्त तोड्ने गर्छन्।

सिरियामा अप्रिल महिना देखि कोरोना भाइरस नियन्त्रण गर्न उपायहरू लागू गरिएको छ। 

तर,गृहयुद्धका कारण अधिकांश घरहरू नराम्ररी प्रभावित भएका छन्। धेरै क्षेत्रहरू ध्वस्त पारिएका छन्।

त्यहाँ सरसफाइको निकै अभाव छ। सामाजिक दूरी र स्वच्छताको नियमहरूको पालना गर्नु यहाँ एक ठूलो चुनौती छ।

यो तस्विर अलेप्पोको पश्चिमी क्षेत्र अत्रेबको हो। जहाँ केहि मानिस इफ्तार (बर्त तोड्नुका लागि आयोजित भोज)को लागि बसिरहेका छन्।

शुक्रबार सिरियामा उक्त क्षेत्र संक्रमणका थप दुई नयाँ घटनाहरूपुष्टि भएका छन्।

समाचार संस्था रोयटर्सले यससँगै कोरोना संक्रमणको घटनाहरू त्यहाँ ६४ पुगेको जनाएको छ।

विद्रोही नियन्त्रतिउत्तर पश्चिमी सिरियामा कुनै पनि घटनाको पुष्टि हुन सकेको छैन। लाखौं मानिस जनसंख्या रहेको त्यहाँ केही व्यक्तिमा मात्र परीक्षण भएका छन्।


प्रतिक्रिया दिनुहोस्