पत्नीले गरिन् प्रेमीसँग मिलेर पतीको हत्या, त्यसपछि कोरोनाले मरेको भन्दै शव घाटमा लगेपछि…

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ६ : ४७


काठमाडौँ । एक महिलाले प्रेमीसँग मिलेर पतिको हत्या गरेकी छिन्। उनले पहिले प्रेमीसँग मिलेर पतिको हत्या गरिन्, त्यसपछि कोरोनाबाट ज्यान गएको भन्दै उनको शव जलाउन घाटमा लगिन्। 

घटना भारतको नयाँ दिल्लीको हो। जब ती महिलाले पतिको कोरोनाभाइरसका कारण मृत्यु भएको बताएर शवको अन्तिम संस्कारको लागि घाटमा लिएर गइन्। तब शंकाको आधारमा पुलिसले शव नियन्त्रणमा लिएर पोस्टमार्टमको लागि पठाएको थियो। 

रिपोर्ट आएपछि हत्याको पुष्टि भएको हो । महिलाले २ मेका दिन आफ्ना प्रेमीसँग मिलेरपतिको हत्या गरेकी थिइन्। हत्या पुष्टि भएपछि पुलिसले महिला र उनका प्रेमीलाई नियन्त्रणमा लिएर हत्याको मुद्दा अगाडि बढाएको छ। अशोक विहार क्षेत्रमा बस्ने एक व्यक्तिको शंकास्पद स्थितिमा मृत्यु भएको थियो।

मृतककी पत्नीले उनको मृत्यु कोरोनाभाइरसबाट भएको भनिन् तर छिमेकीहरुलाई यो कुरा विश्वास लागेन । कसैले यसको सूचना पुलिसलाई दिएपछि पुलिस घाटमै पुगेर शव नियन्त्रणमा लिएको थियो। 


प्रतिक्रिया दिनुहोस्